काठमाडौं, पुस २: गृह मन्त्रालयले बुधबार दुई जना प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको छ । यसरी सरुवा हुनेमा महानगरीय प्रहरीका प्रमुख शैलेस थापा र प्रहरी प्रधान कार्यालयका प्रवक्ता विश्वराज पोखरेललाई सरुवा गरेका छन् ।
शैलेस थापालाई प्रधान कार्यालयको प्रवक्ताको जिम्मा दिइएको छ भने विश्वराज पोखरेललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको जिम्मा दिइएको छ ।