प्रहरीको आसरा सुधार केन्द्रलाई कसले सुधार्ने ?

| 2023 Aug 04 | 11:12 am 5825

काठमाडाैं,  साउन १९। विभिन्न दुर्व्यसनीमा लागेकाहरुलाई सुधार्नका लागि नेपाल प्रहरीद्वारा संचालित सुधार केन्द्र भित्रको ज्यादती कसले सुधार्ने भन्ने प्रश्न खडा भएको छ । सुधार केन्द्रमा बसेर बाहिर  आएका व्यक्तिबाट प्राप्त समाचार अनुसार  प्रहरी जवानदेखि हाल असई रहेका कोट मास्टर नेत्र बहादुर बिष्ट काउन्सीलर ज्योती ढकाल  र गाैरव सिरोहीयाको  ज्यादतीले सिमा नाघेको छ । प्राप्त समाचारअनुसार  कोट मास्टर विष्ट अठार वर्षदेखि कहिले सहायक लेखापाल त  कहिले कोट मास्टर बन्दै जरा गाडेर बसेका छन ।

सुधार गृहमा राखिएकाहरुसँग मासिक आठ हजार लिने र अत्यन्तै कमसल गुणस्तरहिन खाना खुवाएर पैसा बचाउने गरेको विष्ट माथी आरोप लागेको छ । विष्टले आसराका पदाधिकारीलाई मोबाइलमा पैसा हालिदिनु पर्ने भन्दै पदाधिकारीको बदनाम गरेका छन । शिवराम पाठक नाम गरेका असइका विरुद्ध अनर्गल कुरा लगाएर टिक्न नदिएको पनि विष्ट माथी आरोप छ । काउन्सिलर ज्योती ढकालले सुधारका लागि ल्याइएकाहरुले उपहार दिए नम्र व्यवहार गर्ने नदिए अनावश्यक दु:ख दिने गरेको बताइन्छ ।

ढकालले जुत्ता, जकेट लगायतका महंगा  सामान खरिद गर्न लगाउने गरेको पीडितको गुनासो छ । त्यस्तै शुरुका दिनमा आफै सेवनकर्ता भएर सुधार गृह  आएका गाैरव सिरोहीयाको  दबदबा अझ डरलाग्दाे भएकाे बताइन्छ । सेवन गर्न छाडेपछि सहायक काउन्सिलरबाट प्रवेश गरेका उनी अहिले काउन्सिलरका रुपमा कार्यरत छन् । उनी सुधार गृहमा आउदा खुट्टा भरी घाउ लिएर आएका थिए। सिरोहीयाले पनि आफुलाई सेवा सहयोग गर्ने लाई राहात दिने र त्यस्तो नगर्नेलाई  आहात दिने गरेको  पीडितको गुनासो रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.