प्रहरीका २३ अधिकृतको अप्रेसनल कमाण्ड तालिम शुरु

रिपोर्ट नेपाल | 2018 Jun 06 | 06:56 pm 3592

काठमाडौं, जेठ २३ :  नेपाल प्रहरीका २३ जना अधिकृतहरुको बुधबारदेखि अप्रेसनल कमाण्ड र व्यवस्थापन तालिम सुरु भएको छ । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा सञ्चालित उक्त तालिम एक महिनाको हुने भएको बुझिएको छ ।

सात जना प्रहरी उपरीक्षक र सोह्र जना प्रहरी नायव उपरीक्षक सम्मीलित तालिमको कोर्स इन्चार्य प्रहरी वरिष्ठ उपरीक्षक निरज बहादुर शाही रहेका छन् ।

तालिममा सहभागी उपरीक्षकहरुमा लालमणी आचार्य, दिपक वस्नेत, जीवन श्रेष्ठ, इश्वर कार्की लगायत सात जनाको उपस्थिती रहेको छ । यसैगरी नायव उपरीक्षकमा दयानिधि ज्ञवाली, प्रविल पोखरेल, होविन्द्र बोगटी, अङ्गुर जिसी, हेरम्भ शर्मा लगायत सोह्र जनाको सहभागिता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.