प्रस्तावित प्रधानन्यायाधीश र राजदूतविरुद्ध उजुरी आह्वान

| 2024 Sep 20 | 12:48 pm 457

काठमाडौँ, आश्विन ४ / संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सूचना निकालेर प्रस्तावित प्रधानन्यायाधीश राउतसँगै बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्रलेखा यादव माथि पनि उजुरी आह्वान गरेको हो ।

संसदीय सुनुवाइ समितिको सचिवालयले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर कुनै उजुरी भएमा १० दिनभित्र पेस गर्न आग्रह गरेको छ ।

हिजो बसेको समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सो प्रस्ताव पारित भएसँगै समिति सचिवालयले आज सूचना प्रकाशित गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.