काठमाडौं, भदौ २५: सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीश ओमप्रकाश मिश्रसँग संसदीय सुनुवाई समितिले उनीमाथि परेका उजुरीको जवाफ माग गरेको छ। मिश्रमाथि तीन उजुरी परेका थिए ।
सोमबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा समितका संयोजक लक्ष्मणलाल कर्णले उजुरीबारे जवाफ मागेका हुन्।
उजुरीमा त्रिवि सेवा आयोगले परीक्षा लिएको कपी झिकाउने आदेश दिएको तर निरन्तर पेशी तोकेपनि फैसला भएको छैन। यसमा किन फैसला नगरेको ?
त्यस्तै काठमाडौं जिल्ला अदालतमा मुख्य न्यायाधीश हुँदा वैदेशिक रोजगारी सम्बन्धी मुद्दामा पीडितले मुद्दा जित्दा पनि क्षतिपुर्ति किन नदिलाएको ?
त्यसैगरी तेस्रो उजुरीमा मिश्र विराटनगरमा न्याायाधीश भएको बेला परेको अंश मुद्दामा श्रीमतिलाई सेविका बनाएर फैसला किन गरीएको बारे प्रश्न गरिएको छ।
प्रधानन्यायाधीमा प्रस्तावित मिश्रको जवाफ चित्त बुझ्दो आए समितिले अनुमोदन गर्नेछ। त्यसपछि राष्ट्रपतिबाट प्रधाननयायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
संवैधानिक परिषद्को गत भदौं ७ गते बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश समेत रहेका मिश्रलाई प्रधानन्यायाधीका रुपमा प्रस्ताव गरेको हो। वरिष्ठतम न्यायाधीश दिपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपछि परिषद्ले न्यायाधीश मिश्रको नाम सिफारिस गरेको थियो।
उनले अहिले समितिमा जवाफ दिइरहेका छन्।