वीरगंज, कार्तिक १ । सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको संरक्षणमा पर्साको ग्रामीण भेगका नाकाहरु बाट व्यापकरुपमा तस्करी फस्टाएको छ।
नेपालीहरुकाे महान चाड बडादशैं नजिकिएसँगै नेपाल भारत सीमा क्षेत्रबाट व्यापक तस्करी सुरु भएको छ । पर्साको ग्रामीण भेगमा पर्ने नाका अमरपर्टी र प्रसौनीनाकाबाट व्यापक रुपमा तस्करीको लाइन खुलेको छ ।
चाडपर्बको बेलामा सिमानाकामा खटने सशस्त्र प्रहरीको मिलोमतोमा लत्ताकपडा, कबाड, हाडयेवर, रजनिगंधा, राजनिवास, पटका र भैसिको ठूलो मात्रामा तस्करी हुँदै आएको हो।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले सिमानाका चेकिङ्ग टोली खटाई सर्वसाधारण जनतालाई विभिन्न किसिमको चेकजाँचको बहानामा दु:ख दिई तस्करीमा कडाई गरेको ढोल पिट्दै वीरगंजका केही नाकाहरुमा तस्करीमा कडाई गरेको नाटक गरि ग्रामीण भेगको नाकाहरुबाट व्यापकरुपमा तस्करी लाईन दिएको स्थानीयबासीहरुले बताएका छन।
सशस्त्र प्रहरी बल १३ नम्बर गण र सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीको मिलोमतोमा भुवन र बबलुको भेैसी,संजयको कबाड, ट्याक्टरमा टुनाको धान,संदिपको प्याज र रुपेश र तारकेश्वरको रजनिगन्धा , राजनिवास र कुखुराको चल्ला, र कुखराको मासु गफार भन्ने व्यापरीबाट राजश्व छली गरी नेपाल भित्र्याउने गरेका छन् ।
त्यसैगरि प्रसौनी बिओपीको मिलोमतोमा प्रसौनीबाट नुरेन र फारुको ठुलो मात्रामा भैसीको तस्करी सुचारु गरेको छ भने तस्करीमा संलग्न सरफदेवले ५ वटा मोटरसाइकलमा लोड गरि लत्ताकपडाको लाईन पाएको नाम नछाप्ने शर्तमा सशस्त्र प्रहरीका एक अधिकारीले बताएका छन।
सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी हुँदै आएपनि मिडिया बाजि गर्नको लागि उपरीक्षक कर्मचार्याले सानातिना घरायसी सामान समाएर हल्ला पिटाउदै आएका छन्। एकातिर घरखर्चका लागि थोरै मात्रामा ल्याइएका सामान समाएर सर्वसाधारणलाई हैरानी पारिन्छ भने अर्को तर्फ रातभर तस्करलाई लाइन दिएर रकम असुल गर्ने गरेको उपरीक्षक कर्मचार्यमाथी आरोप लाग्ने गरेको छ ।
भैसी तस्करहरु महादेव, नुरेन, फारुक र भुवनसँग ५ लाख रुपैया, अमरपर्टीबाट हुने कबाडबाट २ लाख, लत्ताकपडाको तस्करबाट १ लाख रुपैया महिनवारी बुझेको समाचार स्रोतको दावी छ ।