प्रसौनी नाकाबाट ठुलो मात्रामा लत्ताकपडा र भैसी तस्करी : सम्बन्धित निकाय मौन

| 2023 Nov 03 | 10:39 am 1461

वीरगंज, कात्तिक १७ । भारतको सीमासँग जोडिएको पर्साको प्रसौनी नाका भएर भैसी र कपडाको तस्करी बढेको छ । भारतबाट तस्करी गरी ल्याइएको कपडामा मनग्य मुनाफा हुने भएकोले स्थानीय प्रहरी प्रशासनकै संरक्षणमा कपडा तस्करी बढेको हो । नेपालभन्दा भारतमा कपडा सस्तो पर्ने भएकोले तस्करी मार्फत पर्साको विभिन्न ठाउँमा कपडा पुर्याउने गरेको खुलेको छ ।

भारतीय बजार भेलाही र बेतियाबाट ठुलो परिमाणमा कपडा र भैसी खरिद गरी पर्साको प्रसौनी नाका भएर तस्करीको माध्यमबाट नेपाल भित्र्याउने गरेको पाइएको छ । यी सिमानाकाबाट तस्करी भएर आएको कपडा पर्साको विन्दवासिनी, प्रसौनी भाठ्ठा, पोखरीया, बिश्रामपुर, डोकैला बहुअरी लगायतको ग्रामीण ठाउँमा संचालित कपडा पसलहरूमा जाने गरेको स्रोतले जनाएको छ । दिउँसो केही कम कपडा तस्करी भए पनि राती र बिहान ३, ४ बजेको समयमा प्रसौनीका विभिन्न नाकाहरुबाट व्यापक कपडा तस्करी बढेको स्थानीयहरु बताउँछन् ।

रातकाे समयमा डियुटीमा खट्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीलेनै तस्करलाई संरक्षण गरी कपडा निर्यात गर्नमा सघाउने गरेकोले सो क्षेत्रबाट कपडाको व्यापक  तस्करी भैरहेको छ ।

पर्साको विन्दवासिनी, बिश्रामपुर, डोकैला बहुअरी, पोखरीया, लगायतका ठाउँमा संचालित कपडा पसललेहरुले सोही ठाउँ भएर भारतबाट खरिद गरेको कपडा तस्करी गरी ल्याई बिक्री वितरण गर्दै गरेको स्रोतको दाबी छ । हाललाई कपडा तस्करीले व्यापकता पाए पनि पछिल्लो समय प्रसौनी भएर भारतीय कुखुराको चल्ला पनि व्यापक तस्करी भईरहेको छ

त्यसैगरी २ समूहले लाखौं रुपैया प्रहरी प्रसासनलाई बुझाइ ठुलो मात्रामा भैंसी तस्करीको लाईन पाएको स्थानियले बताएका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.