प्रश्न उठेपछि राजदूत नियुक्तिबारे परराष्ट्रमन्त्रीले दिइन् समितिमा स्पष्टीकरण

| 2024 Sep 03 | 11:17 am 137

काठमाडौँ १८भदौ / परराष्ट्रमन्त्री आरजु राणा देउवा संसदको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको मंगलबारको समिति बैठकमा उनले आफ्नो भारत भ्रमणका साथसाथै राजदूत नियुक्तिका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिएकी छन्।

सांसद एकनाथ ढकालले राजदूत नियुक्ति विवादरहित हुन नसकेको बताए । ‘राजदूत नियुक्ति विवादरहित हुन सकेको छैन, निर्देशिकाअनुसार राजदूत नियुक्रि गर्न आगामी दिनमा कस्तो कार्ययोजना छ उनले उनले भने ।

सो क्रममा राणाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोगहरू तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमो सरकार प्रतिवद्ध रहेको बताइन् ।

राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धनका लागि नेपालको परराष्ट्र नीति अनुरूप अन्तर्राष्ट्रिय सम्बन्ध एवम् कूटनीतिलाई सञ्चालन गर्दै आएको छ’, उनले भनिन्, ‘नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार नेपालको हित सुनिश्चित हुने गरी अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने गरिएको छ ।

मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोगहरू तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा यो सरकार प्रतिवद्ध छ ।’

राजदूतहरूको नियुक्तिमा राजनीति र व्यवसायिकताको सन्तुलनका लागि कम्तिमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई यसपटक निरन्तरता दिइएको उनले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.