प्रशिक्षण कार्यक्रमले सुरक्षाफौजको समन्ध कायम रहने :- महानिरीक्षक खनाल

| 2021 Feb 18 | 06:50 pm 2189

काठमाडौं फागुन ६: सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा फागुन ६ गते नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा संचालित सि.सं. २७ ‘कमाण्ड तथा स्टाफ कोर्ष’का प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी बल, नेपालको सम्बन्धमा विविध बिषयमा प्रशिक्षण प्रदान गरिएको छ ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यस्ता कार्यक्रमहरुको आयोजनाले एक अर्का सुरक्षा संगठनहरुबीच सुमधुर सम्बन्ध
कायम राख्न सहयोग पुर्याउने उल्लेख गर्दै कार्यक्षेत्रमा खटिँदा आ–आफ्नो भूमिका स्पष्ट रुपमा निर्वाह गर्न समेत सघाउ पुग्ने बताएका छन् ।

महानिरीक्षक खनालले नेतृत्व क्षमता तथा कार्यकुशलता अभिबृद्धिमा विशेष भूमिका खेल्ने कोर्षमा आफू सहभागी रहँदाको अनुभव स्मरण गर्दै उक्त कोर्षका प्रशिक्षार्थीहरुलाई आगामी दिनमा व्यवसायीक जीवनमा पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए । सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडामगरले सशस्त्र प्रहरी बल, नेपालको पृष्ठभूमी, म्याण्डेट, नेपालको संरचना, देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल, नेपालको परिचालन, सीमा सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको प्रविधि र विपद् व्यवस्थापन बारे आफ्नो बिचार प्रस्तुत गरेका थिए।

नायव माहानिरिक्षक ठाडामगरले सशस्त्र प्रहरी बल, नेपालको परिचालन तथा उपलब्धी, हालका विविध सुरक्षा चुनौतीहरु लगायत शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय मि शनमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन लगायतका विविध विषयहरुमा प्रस्तुतीकरण मार्फत प्रशिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण प्रदान गरेका थिए।

प्रशिक्षार्थी अधिकृतहरुले सोही अवसरमा सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनको लागि प्रयोगमा ल्याएको विभिन्न विपद् व्यवस्थापन
सामाग्रीहरुको समेत अवलोकन गरेका थिए। सो कोर्षमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, संयुक्त राज्य अमेरीका, बेलायत, नाईजेरिया, श्रीलंका, पाकिस्तान र बंगलादेशका गरी कुल ६९ जना प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

कार्यक्रममा सो कोर्षका सिनियर ईन्स्ट्रक्टर महासेनानी बिमलराज शर्मा लगायत नेपाली सेना तथा सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.