प्रशासनले समन्वय नगर्दा परिचयपत्र संकलन कार्य अलपत्र

| 2020 Oct 23 | 07:54 am 2112

काठमाडौं, कात्तिक ७ः जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्यलाई प्रभावकारी बनाउन सम्बद्ध निकायसँग आवश्यक समन्वय नगरेको पाइएको छ ।

जिल्लामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्यक्रम बीचमै स्थगित हुनुमा प्रशासन कार्यालयले आवश्यक समन्वय नगरेको र हचुवापूर्ण कार्यशैली पनि जिम्मेवार रहेको विश्लेषण गरिएको छ ।

विभागले हालै ललितपुर, झापा र कञ्चनपुरमा विवरण संकलन कार्य स्थगित गरेको छ । त्यस निर्णयसँगै सम्बन्धित जिल्लाको नगरपालिका र गाउँपालिकाहरुको विभिन्न वडा कार्यालयमा राखिएका कम्प्युटर, क्यामरालगायत परिचयपत्रका लागि विवरण संकलनका गर्न आवश्यक उपकरणहरु धमाधम कार्यालयमा फिर्ता लगिएको छ ।

न हिजो विवरण कार्यक्रम शुरु गर्दा वडा कार्यालयसँग जिल्ला प्रशासन कार्यालयले समन्वय गर्‍यो, न आज सामान फिर्ता लग्ने बेला औपचारिकरुपमा केही भन्यो। जिप्रकाले स्थानीयसँग समन्वय गर्न आवश्यक नै ठानेन्, ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले भने–यो त संघीय सरकारको प्रतिनिधि कार्यालय स्थानीय तहलाई गणना नै नगरेको जस्तो देखियो ।

विवरण संकलनका लागि सघाउने स्थानीय तहको सेवा इकाई वडासँग जिप्रकाले समन्वय गर्नुपर्ने कि नपर्ने प्रश्न तेर्स्याउँदै वडाध्यक्ष शाक्यले भने– यसले कर्मचारीहरुमा अझै पनि प्रशासन चलाउने पञ्चायतकालीन मानसिकताको झझल्को दिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.