ललितपुर, चैत २४ः प्रशासनलाई झुक्याई सवारी पास बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा सप्तरी जिल्ला सुरुङ्गा न.पा. वडा नं ६ महोलिया स्थायी घर भई हाल ललितपुर म.न.पा. ३ पुल्चोक बस्ने शुभनारयण चौधरीले आफ्नो आमाको मृत्यु भएकोले काज कृया गर्न जान भन्ने जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठा विवरण पेश गरी २०७६।१२।२४ देखि २५ गते सम्मको लागि ३-०८-००५ ख ९१९८ नं भएको बसको पास लिएकाे प्रहरीले जानकारी दिएकाे हाे ।
उक्त बसमा अन्य ३० जना यात्रुहरु समेत बोकी सप्तरी तर्फ जान लागेको अवस्थामा प्रहरी प्रभाग पुल्चोकले नियन्त्रणमा लिई उक्त सवारीको पास सम्बन्धमा अनुसन्धान गर्दा शुभ नारायण चौधरीले घरमा जानको लागि आमाको मृत्यु भएको भनि झुठा विवरण पेश गरेको खुल्न आएको छ ।
उक्त सवारी साधन र अन्य मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको बताइएकाे छ । अनुसन्धानका क्रममा सप्तरी जिल्ला सुरुङ्गा न.पा. वडा नं ६ महोलियाका ४५ वर्षीय शुभ नारायण चौधरी, सप्तरी जिल्ला सुरुङ्गा न.पा. वडा नं ६ महोलियाका ३० वर्षी जितेन्द्र
प्रसाद चौधरी र सप्तरी जिल्ला सम्भुनाथ न.पा. वडा नं ५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन् ।