- महेश सिंह
सिरहा, असार ८ः सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ का राम सेवक महतोका करिब २१ बर्षीय छोरा सहदेब महतो हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी गाउँपालिका खोकसि जानकी नगर स्थित ट्रयाकटर दुर्घटनामा परेर बैशाख १९ गते घटना स्थलमै मृत्यु भएको थियो।
मृतकका परिवारलाई गुजारा चलाउन प्रवासी कुशवाहा कल्याण समाज मलेसियाद्वारा पीडित परिवारलाई २१ हजार सहयोग गरेका छन्। पीडित परिवारलाई सहयोग गरेको प्रवासी कुशवाहा कल्याण समाज मलेसियाको अध्यक्ष प्रमोद महतोले जानकारी दिए। सहयोगमा निबर्तमान अध्यक्ष गुरु दयाल कुशवाहा र नेपाल कुशवाहा कल्याण समाज सिरहा क्षेत्र नम्बर २ का अध्यक्ष सुरेन्द्र कुमार महतो कुशवाहाले जानकारी दिए।
सानै उमेर देखि वाईरिङ्गको काम गर्दै आएका उनी बिवाहको टेन्ट हाउसको समान बोकेको गाडीमा बसेर काम गर्न जादै गरेको गाडी पल्टीदा महतोको घटना स्थलमै मृत्यु भएको थियो।
पीडित महतोलाई घरको ३ सन्तान मध्ये जेठो छोरा रहेको थियो। पीडित महतोलाई २ छोरा मध्ये १ छोरा र १ छोरी छिन्। घरको अवस्था निकै कमजोर रहेको महतोको जेठो छोराले घर परिवार चलाउन सानै उमेर देखि ज्याला मजदुरीको काम गर्दै आएका थिए।
घरको जेठो छोरा गुमाएपछि मृतकको बुवालाई घर परिवार चलाउन निकै कठिन हुने गरेको छ। सोही कारणले पुत्र शोकमा रहेका महतोलाई आर्थिक सहयोग गरेको
बताइएको छ।