प्रम देउवा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी

रिपोर्ट नेपाल | 2021 Nov 23 | 01:22 pm 1961

काठमाडौं, मंसिर ७ः प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा सबैभन्दा बढी मतसहित १४ औं महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

प्रधानमन्त्री देउवाकाे गृहजिल्ला डडेलधुराकाे निर्वाचन अधिकृत लाेकेन्द्र बमका अनुसार ८४६ मतमध्ये देउवाकाे पक्षमा ७९१ मत खसेकाे हाे । यसैगरी, डडेलधुरा जिल्ला सभापतिमा पनि सात सय ३४ मतसहित भीमबहादुर साउद विजयी भएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.