काठमाडौं, कात्तिक १३: नियमति जाँचका लागि ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो । उनलाई आज राति नै या भोलिसम्ममा डिस्चार्ज गर्न सकिने अस्पतालको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच तथा औषधि सेवन गरिरहेका छन्।
प्रेस विज्ञप्ति
