काठमाडौँ , १० असार : असार ५ गतेदेखिको चीन भ्रमणमा रहेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आज स्वदेश र्फकनु भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री र व्यापारीसँग भेटवार्ता, चिनियाँ राष्ट्रपति सि जिन पिङसँग दुई देशबीचको आर्थिक सम्बन्ध र सहकार्यका विषयमा छलफल गरे पनि पहिलो भ्रमणमा जाँदा सम्झौता भएको पेट्रोलिय पदार्थको बारेमा कुरै उठाएनन् ।
छिमेकी राष्ट्र चीनको ६ दिने भ्रमण सकेर स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले दुई देशको सम्वन्धलाई नयाँ उचाइ कायम गर्दै सफल भएको बताएका छन्। उनले भ्रमणका क्रममा भएका महत्वपूर्ण सम्झौता उल्लेख गर्दै रेलमार्ग निर्माण सम्झौता चिनियाँ राष्ट्रपतिको चाहना र नेपालको आवश्यकता अनुरुप रहेको बताए ।
धेरैको चासोको विषय रहेको इन्धन आपूर्तिको विषयमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा न कुनै नयाँ सम्झौता भयो, न त चर्चा नै।प्रधानमन्त्री ओलीको २०७२ को भ्रमणमा ३३ प्रतिशत इन्धन चीनबाट आयात गर्ने सहमति भएको थियो। तर अहिलेको भ्रमणमा चीनबाट इन्धन ल्याउन भनेर गरेको सहमतिबाट प्रधानमन्त्री ओली पछाडि हटेका छन्। यसपटकको भ्रमणमा इन्धन आयातको विषयमा कुरा नै उठेन।
पहिलो भ्रमणको बेला इन्धनका लागि भारतमाथिको निर्भरताको अवस्था अन्त्य गर्न नेपाललाई आवश्यकमध्ये एक तिहाइ इन्धन चीनबाट आयात गर्न भएको सम्झौतालाई त्यसखबत ठूलो उपलब्धि मानिएको थियो। तर, नेपालले इन्धन सम्झौताका लागि कुनै पहल नगरेपछि दीर्घकालीन रूपमा इन्धन खरिद गर्ने विषयले मूर्त रूप लिन सकेन।
प्रधानमन्त्री ओलीको चीन भ्रमण बारे जारी गरिएको प्रेस नोटको पूर्ण पाठ :