काठमाण्डौ २७ फागुन / उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । गृहमन्त्री लामिछानेले प्रमाण हेरेर अभियुक्तविरुद्ध अनुसन्धान र कारबाही गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्।
गृहमन्त्री लामिछानेले आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा अभियुक्तको अनुहार, पद, प्रतिष्ठा, पहुँच नहेरी निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्न निर्देशन दिएका हुन् । त्यसबाट उब्जिने हरेक चुनौतीको सामना आफैं डटेर गर्ने उनको भनाइ थियो ।
संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूलाई धन्यावद दिँदै उनले उनीहरुको वृत्तिविकासको सुनिश्चितता संगठनले गनुपर्ने गृहमन्त्री लामिछानेले उल्लेख गरे ।