प्रधान सेनापति र स्विट्जरल्याण्डका महामहिम राजदूतबीच भेटघाट

रिपोर्ट नेपाल | 2023 Feb 07 | 06:31 pm 1485

काठमाडाैं, माघ २४ः प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र स्विट्जरल्याण्डका महामहिम राजदूत Her Excellency Ms. Elisabeth von Capeller बीच जङ्गी अड्डामा भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.