प्रधान सेनापति र पाकिस्तानी कार्यबाहक राजदूतबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2021 Sep 29 | 06:11 pm 1969

काठमाडाैं, असाेज १३ः प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत His Excellency Mr. Adnan Javed Khan बीच बुधबार जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.