प्रधान सेनापति र गणतन्त्र सिसेल्सका गैर-आवासिय राजदूतबीच भेटघाट

| 2021 Dec 27 | 05:48 pm 3389

काठमाडाैं, पुस १२ः साेमबार प्रधान सेनापति महारथी प्रभुराम शर्मा र गणतन्त्र सिसेल्सका गैर- आवासीय राजदूत His Excellency Mr. Thomas Selby Pillay बीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट गरेका छन् ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.