प्रधान सेनापति पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमणमा

रिपोर्ट नेपाल | 2020 Dec 25 | 07:51 pm 1989

काठमाडाैं, पुस १०ः प्रधान सेनापति पूर्णचन्द्र थापाले शुक्रबार नवलपरासी जिल्लामा तैनाथ श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गण, श्री बटुकदल गण र भरतपुरमा तैनाथ श्री काली बहादुर गणको निरीक्षण भ्रमण गरेका छन् ।

No description available.

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति थापाले उक्त गण, गुल्म तथा शिक्षालयको स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।

उनले मिति २०७७ पौष ११ र १२ गते श्री सैनिक ईक्वाईन वृडिङ्ग सेन्टर, भरतपुर लगायत अन्य युनिटहरुको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको जानकारी गराएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.