प्रधान सेनापति थापाद्वारा सुदुरपश्‍चिम, मध्य पश्चिम र उत्तर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण 

रिपोर्ट नेपाल | 2021 May 31 | 07:44 pm 4009

काठमाडाैं, जेठ १७ः प्रधान सेनापति पूर्णचन्द्र थापाले साेमबार सुदुरपश्‍चिम, मध्य पश्चिम र उत्तर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति थापाले सुदुर पश्‍चिम पृतना अन्तर्गत बोराडाँडीमा नवनिर्मित फिल्ड अस्पताल, नेपाली सेना सुपथ मुल्य क्यान्टिनको धनगढी शाखा र तेघरी स्थित सैनिक शिविरको उद्‍घाटन गरेका थिए ।

नेपाली सेनाका हिताधिकारीहरुलाई क्षेत्रगत रुपमा नै विभिन्न सुविधाहरु प्रदान गर्ने लक्ष्यका साथ यी संरचनाहरु तयार भएका हुन् ।

प्रधान सेनापति थापाले मध्य पश्‍चिम पृतना अन्तर्गत नवलपरासीमा तैनाथ कालीध्वज गण र उत्तर पश्‍चिम पृतना अन्तर्गत बाँकेमा तैनाथ अर्जुनवाण गणको बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्ष बारे जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.