काठमाडाैं, असार १६ः मिति २०७९ असार १३ गते (तद्अनुसार 27 June, 2022) बाट मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले मिति २०७९ असार १५ (तद्अनुसार 29 June, 2022) गते U.S. Army Fort Lesley J. McNair, Washington, D.C. स्थित National Defense University (NDU) को भ्रमण गरेका छन् ।

भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले National War College (NWC) का कमाण्डाण्ट Brigadier General Jeff Hurlbert सँग भेटघाट गरेका थिए । तत्पश्चात उनले, NWC, Dwight D, Eisenhower School for National Security and Resource Strategy र Near East South Asia center for strategic studies का पदाधिकारीहरुबाट शैक्षिक गतिविधि, तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका छन् ।
भ्रमणकै दौरान, प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले मिति २०७९ असार १४ (तद्अनुसार 28 June, 2022) गते Carlisle, Pennsylvania स्थित United States Army War College (AWC) र United States Army Heritage and Education Center (USAHEC) को भ्रमण गरेका थिए ।
सोही क्रममा, प्रधान सेनापति महारथी शर्माले United States AWC का कमाण्डाण्ट Major General David C. Hill सँग भेटघाट गरी सो कलेजको शैक्षिक तथा विविध पक्षका बारेमा जानकारी लिएका थिए । उक्त कलेजबाट हालसम्म १६ जना नेपाली सेनाका अधिकृतहरु दिक्षित भईसकेका छन् भने १ जना महा सेनानी तालिमरत रहेका छन् ।