प्रधान सेनापतिद्वारा संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण

रिपोर्ट नेपाल | 2022 Jul 02 | 03:05 pm 1785

काठमाडाैं, असार १८ः मिति २०७९ असार १३ (तद्अनुसार 27 June, 2022) गतेबाट मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले मिति २०७९ असार १७ (तद्अनुसार 1 July, 2022) गते New York स्थित United Nations Headquarters (UNHQ) को भ्रमण गरेका छन् ।

भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले UNHQ का देहाय बमोजिमका उच्च पदस्थ
पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गर्नु भई दुई पक्षिय आपसी हित र पारस्परिक सम्बन्ध एवं UN Mission का विविध पक्षहरुका बारेमा छलफल तथा विचार विमर्श गरेका थिए ।

(क) Office of Military Affairs (OMA) का Military Adviser (MILAD) General Birame Diop;
(ख) Department of Peace Operations (DPO) का Under-Secretary-General (USG) Mr. Jean-Pierre Lacroix;
(ग) Department of Operational Support (DOS) का Under-Secretary-General (USG) Mr. Atul Khare
(घ) Department of Political and Peacebuilding Affairs (DPPA) का Under-Secretary-General (USG) Ms. Rosemary DiCarlo

मिति २०७९ असार ०४ गतेबाट ऐ. ०८ (तद्अनुसार 18-22 June, 2022) गते सम्म लेवनानस्थित United Nations Interim Force in Lebanon (UNIFIL) Mission, मिति २०७९ असार ०८ र ०९ (तद्अनुसार 22-23 June, 2022) गते सिरियास्थित United Nations Disengagement Observer Force (UNDOF) Mission र मिति २०७९ असार १३ गतेदेखि ऐ.१७ (तद्अनुसार 27 June, 2022 – 01 July, 2022) गतेसम्म मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी शर्मा तथा भ्रमणदलका सदस्यहरु, भ्रमण सम्पन्न गरी मिति २०७९ असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको  जानकारी गराईएकाे छ ।

विभिन्न समयमा हुने गरेका यस किसिमको उच्च स्तरीय भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खट्टिएका नेपाली शान्ति सैनिकहरुको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै UN Mission हरुको गुणात्मक एवं व्यवस्थापकीय पक्षहरु सबल बनाउन तथा भावी योजना तर्जुमा गर्न उल्लेख्य सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.