प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

| 2022 Jun 08 | 07:34 pm 1417

काठमाडाैं, जेठ २५ः नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७९ जेठ २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी श्री दिपक कुमार बानियाँ, सहायक रथी श्री होमनाथ दवाडी र सहायक रथी श्री यामप्रसाद ढकाललाई प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले बुधबार जंगी अड्‌डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पदोन्नती भएका उपरथी श्री दिपक कुमार बानियाँ श्री नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, उपरथी श्री होमनाथ दवाडी श्री निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र उपरथी श्री यामप्रसाद ढकाल श्री युद्ध-मद्दती तथा युद्ध-सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति भएका छन् ।

नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा, मन्त्रीपरिषद्को सोही निर्णय बमोजिम सहायक रथी दर्जामा पदोन्नती भएका २ जना महा सेनानीहरुलाई प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.