प्रधान सेनापतिको भारतीय सेनाध्यक्ष जनरल मनोज मुकन्द नरवणेसँग भेटघाट

रिपोर्ट नेपाल | 2021 Nov 09 | 09:10 pm 1405

काठमाडाैं, कात्तिक २३ः मिति २०७८ कात्तिक २३ गते (तदनुसार ९ नोभेम्बर २०२१) देखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी प्रभुराम शर्माले मिति २०७८ कार्तिक २३ गते भारतीय सेनाध्यक्ष Gen MM Naravane संग भेटघाट तथा छलफल गरेका छन् ।

उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो । उक्त छलफलपश्चात प्रधान सेनापति महारथी शर्मालाई “India’s Security Perspective” को बारेमा प्रस्तुतिकरण समेत गरीएको थियो ।

यस भन्दा अगाडी उनले राष्ट्रिय समर स्मारकमा वीर शहिदहरुको सम्मानमा पुष्प गुच्छा (Wreath) अर्पण गरेका थिए । त्यसै गरी उनको सम्मानमा South Block Lawn मा भारतीय सेनाको एक टुकडिले सम्मान गारत अर्पण गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.