प्रधान सेनापतिको पीसीआर टेष्ट नतीजा नेगेटिभ तथा द्रुतमार्ग सडक आयोजनाको प्रगति विवरण

| 2020 Sep 30 | 08:30 pm 1679

काठमाडौं, असोज १४ः मापदण्ड अनुसार सतर्कता अपनाई सेफ क्वारेन्टिनमा बसेका प्रधानसेनापति पुर्णचन्द्र थापाको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको एक विज्ञप्ति मार्फत जानकारी गराईएको छ ।

त्यसैगरी काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजनाको प्रगति विवरण पनि जानकारी गराइएको छ ।

बुधबार Tunnel प्याकेज १ र २ को लागि आव्हान गरिएको Pre- Qualification सम्बन्धि बोलपत्रहरुको खोलुवा प्रकृया सम्पन्न भएको छ, जसमा उल्लेखनिय सहभागिता देखिएको छ ।

Planning, Design, Engineering, Procurement, Construction and Commissioning of Twin Double Lane Standard Expressway Tunnel, Bridges and Expressway Works on Engineering Procurement Construction (EPC)को छोक्रेडांडा देखि धेद्रेखोला सम्मको लागी कुल २१ वटा कम्पनीहरुले बोलपत्र दाखिला गरेका छन भने धेद्रेखोलादेखि लेनडांडा सम्मको कार्यका लागि कुल २२ वटा कम्पनीहरुले बोलपत्र दाखिला गरेका छन ।

अब मुल्याङ्कन समितीले बोलपत्रहरुको मुल्याङ्कनको कार्य सम्पन्न गरी योग्य ठहरिएका कम्पनिहरुलाई सूचिकृत गर्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.