प्रधानसेनापति शर्मा भारत जादैं

| 2021 Oct 29 | 07:58 am 1469

काठमाडौं, कात्तिक १२ः भारतीय स्थल सेनाध्यक्षको निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्माले भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।

प्रधानसेनापति शर्माको भारत भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि उनले कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्ने भएका हुन् ।

भ्रमणका क्रममा शर्माले भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्ने कार्यक्रम छ । भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भारतीय राष्ट्रपति रामनाथ कोविद, रक्षामन्त्री राजनाथ सिंह, भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभाणेलगायतका उच्च सैनिक अधिकारीसंग भेट गर्ने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.