प्रधानसेनापति पूर्णचन्द्र थापा भारत जाँदै

रिपोर्ट नेपाल | 2019 Jan 05 | 07:58 am 1367

काठमाडौं, पुस २१ : प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी पुष २७ गते बाट भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा उनी पहिलोपटक भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् ।

भारत भ्रमणमा रहँदा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविदले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन्। नेपाल र भारतबीच एक अर्को देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्ज्यानी दिने प्रचलन पहिलेदेखि नै चल्दै आएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति थापासँग त्यहाँका रक्षामन्त्री र सुरक्षा सल्लाहकारबीच भेटघाट हुने कार्यक्रम रहेको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । ६ दिने भारत भ्रमणपछि माघ २ गते स्वदेश फर्कने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.