प्रधानसेनापतिले भने-‘विखण्डनकारी समूहको सूक्ष्म निगरानी गरिरहेका छौँ’

| 2018 Oct 11 | 04:12 pm 3805

काठमाडौं, असोज २५ : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले संविधानविरोधी विखण्डनबादी तत्वहरुको गतिविधिलाई सूक्ष्म ढंगले नियाली रहेको जनाएका छन् । बिहीबार आर्मी अफिसर्स क्लबमा आयोजित दशैंको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले संविधान विरोधी विखण्डनबादी तत्वहरुले ल्याउन सक्ने सम्भावित सुरक्षा चुनौतिलाई नेपाली सेनाले सूक्ष्म ढंगले नियाली रहेको बताउएका हुन् ।

प्रधानसेनापति थापाले संविधानले सुम्पेको जिम्मेवारी पूरा गरी राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता सुनिश्चित गर्नु नेपाली सेनाको परम कर्तव्य भएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान समेत गरे । उनले भने ‘सेनाभित्र भ्रष्टाचार नियन्त्रणको लागि संयन्त्र छ । केही पक्षमा सुधार पनि गर्नुछ । तर, सेनाको एक्लो प्रयासले मात्रै त्यो सम्भव छैन ।’

सेनाले संविधानद्वारा निर्देशित दायित्व मात्रै निर्वाह गर्ने उल्लेख गर्दै थापाले त्यही अनुसार सेनालाई उभ्याउने बताए । कार्याक्रममा प्रधानसेनापति थापाले राष्ट्र निर्माण र विपद् व्यवस्थापनमा नेपाली सेनाले खेल्दै आएको भूमिका आगामी दिनमा अझै विश्वसनीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

भर्ना छनौट वेलामा आर्थिक चलखेलदेखि शान्ति सेनाको विषयसम्ममा विभिन्न उठेका कुराहरुलाई पहिल्याएर कारबाही गर्ने पनि बताए
। उनले भने, ‘भर्ना छनौट वेलामा आर्थिक चलखेलदेखि शान्ति सेनाको विषयसम्ममा विभिन्न कुरा उठ्ने गरेको छ । त्यसको जरो पहिल्याएर कारबाही सुरु हुन्छ ।’ उनले नेपाली सेनालाई भनसुन, आफन्तवाद र निकटताको प्रभावमा पर्न नदिन आफू सचेत रहेको समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.