प्रधानसेनापतिद्वारा प्रकृति संरक्षण पदक प्रदान

रिपोर्ट नेपाल | 2019 May 22 | 03:22 pm 2456

काठमाडौं, जेठ ८:  विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधतामा रही प्रकृति संरक्षणमार्फत नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याई प्रकृति संरक्षण पदक (Nature Conservation Medal) प्रदान गरेको छ ।

पदक प्राप्त गर्ने नेपाली सेनामा कार्यरत ६ हजार ५ सय ९ जना मध्ये रथीबृन्ददेखि महा सेनानीसम्मका २० जनालाई बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाले त्रिभुवन आर्मी अफिसर्स क्लवमा एक विशेष समारोहका बीच प्रकृति संरक्षण पदक (Nature Conservation Medal) प्रदान गरेका हुन् ।

सोहि अवसरमा उक्त पदक प्राप्त गर्ने मध्ये समारोहमा उपस्थित प्रमुख सेनानीदेखि सिपाहीसम्मका ५० जनालाई बलाध्यक्ष रथी गौरव तण्डुलले उक्त पदक प्रदान गरेका थिए ।

नेपाल सरकार मन्त्रीपरिषद्को २०७५ जेठ १३ गतेको वैठकको सैद्धान्तिक स्वीकृति पश्चात प्रकृति संरक्षण पदक प्रदान गर्ने स्थायी कार्यविधि अनुसार प्रत्येक वर्षको असोज ३ गते (संविधान दिवस) प्रकृति संरक्षण कार्यमा योगदान पुर्‍याउने नेपाली सेनामा कार्यरत सकलदर्जालाई प्रकृति संरक्षण पदकबाट विभुषित गरिनेछ ।

उक्त समारोहमा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको समेत उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.