काठमाडौं, साउन ३०ः २०७७ साउन २६ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी बिज्ञान देव पाण्डेलाई प्रधानसेनापति
पूर्णचन्द्र थापाले शुक्रबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
उपरथी दर्जामा पदोन्नति भएका उपरथी बिज्ञान देव पाण्डेलाई श्री उत्तर पश्चिम पृतना हेडक्वाटरको पृतनापतिको जिम्मेवारी दिईएको छ ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।