प्रधानमन्‍त्री र स्वास्थ्यमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलनाको निवेदन

रिपोर्ट नेपाल | 2020 Nov 02 | 08:23 am 1808

काठमाडौं, कात्तिक १७: प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता भएको छ ।

अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजंग केसीले आइतबार प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना गरेको भन्दै  निवेदन दर्ता गरेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को उपचार निःशुल्क गर्नु भन्ने सर्वोच्चको परमादेशको सरकारले गम्भीर उल्लङ्घन गरेको भन्दै उक्त निवेदनमा कारबाही गर्न माग गरिएको छ।

निवेदनमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने माग गरिएको छ । अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.