काठमाडौं, जेठ ७ : नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेसबुकमा अपशब्द लेखेको आरोपमा लालबहादुर तामाङलाई पक्राउ गरेको छ । ३३ वर्षीय तामाङलाई बिजुली बजारबाट नियन्त्रणमा लिइएको हो ।
‘५० करोड दिनुस् म मोदीलाई मारिदिन्छु’ भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लेखिएको समाचार फेसबुकमा एक अनलाइन पोर्टलले सेयर गरेको थियो ।
त्यही सामग्रीमा तामाङले कमेन्ट लेख्दै प्रधानमन्त्री ओलीविरुद्ध अपशब्द लेखेका थिए । उनीमाथी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाइने महाशाखाका एसपी केदार ढकालले जानकारी दिए ।