‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ स्थलमा कार्यकर्ताको हंगामा

| 2019 Feb 13 | 12:34 pm 2223

काठमाडौं, फागुन १ : निकै तामझामका साथ सुरु गर्न लागिएको प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भस्थलमा हंगामा भएको छ। नेपाल टेलिकमबाट सम्पूर्ण ग्राहकहरुलाई नै सूचना दिएपनि कार्यक्रमस्थलमा सिमित व्यक्तिहरु (कार्डबाहक) लाई मात्र प्रवेश दिएपछि हंगामा भएको हो।

राजधानीस्‍थित राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटन गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुने भएपछि उत्साहित भएका युवाहरुको उल्लेख्य सहभागिता थियो। तर, कार्यक्रमस्थलमा सुरक्षा संवेदनशिलता भन्दै प्रवेश निषेध गरेपछि नेकपा कार्यकर्ताले नै हंगामा गरेर जबरजस्ती कार्यक्रम स्थलमा प्रवेश गरेका छन्।

आन्तरिक रोजगारी सिर्जना गरी १८ देखि ५९ वर्षभित्रका बेरोजगारलाई न्यूनतम रोजगारीको सुनिश्चित गर्न सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ आज फागुन १ देखि सुरु गर्न लागेको हो। प्रधानमन्त्रीले बुधबार राष्ट्रिय सभा गृहमा कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्नेछन्। न्यूनतम रोजगारी नपाउने बेरोजगार युवालाई वर्षमा २२ हजार ४ सय १७ रुपैयाँ निर्वाह भत्ता दिइने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.