प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा नजाने

| 2024 Oct 28 | 12:05 pm 349

काठमाडौँ, १२ कार्तिक / प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भनिएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक रद्द भएको छ ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । सोही विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो ।

सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने तयारी थियो । तर प्रधानमन्त्रीको सचिवालयले कारण उल्लेख नगरी कार्यक्रम रद्द भएको जानकारी दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.