प्रधानमन्त्री बरालिएको कारण परिणाम नआएको नेता थापाकाे दाबी

रिपोर्ट नेपाल | 2018 Nov 22 | 02:35 pm 1507

काठमाडौं, मंसिर ६ : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली बरालिएको कारण परिणाम नआएको बताएका छन् ।

बिहीबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता थापाले प्रधानमन्त्री अलमलिएको, बरालिएको र फोकस हुन नसकेको आफुले पाएको बताएका हुन् । ‘अहिले नै म प्रधानमन्त्रीको नियतमा शंका गर्दिन,’ उनले भने भने, ‘हिजो मन्त्री र सचिवहरुको बैठक हेरेँ, मलाई रिजल्ट देउ भनिराख्नु भएको छ र, रिजल्ट कसरी ल्याउने भन्ने थाहा नै पाइराख्नु भएको छैन ।’

‘प्रधानमन्त्री राम्रो गर्न चाहनुहुन्छ, बाटो चाँडो बनाउन चाहनुहुन्छ, विद्युत उत्पादन गर्न चाहनुहुन्छ । चाहना ठीक छ तर, के गर्‍यो भने त्यो हुन्छ भन्ने बुझ्नु भएन ।’ थापाले अघि भने । उनले पार्टी सभापतिको पनि आलोचना गरे । प्रमुख प्रतिपक्षको रुपमा सरकारलाई सहयोग गरेको तर, आजश्यकताअनुसार दबाव सिजर्ना गर्न नसकेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.