प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण

| 2023 Jun 19 | 03:42 pm 857

काठमाडौं, असार ४ । आठजनाको ज्यान जाने गरी आएको पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा  अवलोकन गर्न गएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली सवार हेलिकप्टर  खराव मौसमका कारण पाँचथरमा अवतरण हुन नसकेपछि विराटनगरतर्फ प्रस्थान गरेको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट आज संखुवासभाको तुम्लिङटार गएको टोली त्यहाँबाट पाँचथर प्रस्थान गरेको थियो । तर मौसमकाे खराबीका कारण हेलिकप्टर ल्याण्ड गर्न नसकेपछि विराटनगरतर्फ गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पूनः बाढी पहिरो पीडित रहेको ताप्लेजुङ र पाँचथर जाने वा नजाने भन्ने विषयमा अहिले निर्णय भइनसकेको समेत जनाइएकाे छ । प्रधानमन्त्री प्रचण्ड बाढीपहिरो प्रभावितक्षेत्र अवलाेकन गरी आजै काठमाडाैं फर्कनै कार्यक्रम रहेकाे थियाे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.