प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

| 2024 Mar 28 | 01:56 pm 617

काठमाडौँ १५ चैत / बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच करिब एक घण्टा कुराकानी भएको हो ।

विचाराधीन कानुनहरू पारित गर्ने र संसदलाई नियमित चलाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् । गत फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि प्रचण्ड र देउवाबीच पहिलो पटक वान टू वान भेट हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.