प्रधानमन्त्री प्रचण्ड र एडीबीका उपाध्यक्षबीच भेट

| 2024 Apr 26 | 01:11 pm 389

काठमाडौँ, १४ वैशाख /प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष इङमिङ याङले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार शिष्टार भेट गरेका छन्। भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तब्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडीबीको महत्वपूर्ण लगानी रहेको बताएका छन् । नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवं लगानीयोग्य आयोजनाहरू प्रस्ताव गर्ने प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।

‘सरकारले कानुनी एवं नीतिगत सुधार गरी लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ, यो नेपालमा लगानीको उपयुक्त अवसर हो प्रधानमन्त्री प्रचण्डले उक्त्त अवसरमा भने।

भेटमा एडीबीका उपाध्यक्ष याङले नेपालको रणनीतिक आयोजनामा लगानी गर्न एडीबी तयार रहेको उल्लेख गर्दै आगामी दिनमा नेपालमा थप लगानी गर्नेगरी बैंकले रणनीति तय गर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.