काठमाडौं २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असमर्थ भएका छन्। प्रतिनिधिसभाबाट विश्वास गुमाएकाले प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन्।
प्रधानमन्त्रीको प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा ६३ मत पर्यो भने विपक्षमा १९४ मत परेको छ । एक सांसद तटस्थ बसे । बैठकमा दुई सय ५८ सांसद उपस्थित थिए।
नेकपा एमालेले कांग्रेससँग नयाँ सत्तागठबन्धनका निम्ति सरकार छाडेर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए।