असार २८ शुक्रबार / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकपछि दाहालले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
प्रतिनिधि सभा बैठकबाट दाहालले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विशेष सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि उनले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका हुन् । देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टी कार्यालय पेरिसडाँडाबाट सम्बोधन गर्ने भएका छन ।