काठमाडौं, असार २७ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी शाेक परेकाे छ ।
विगत लामाे समय देखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहालकाे बुधवार बिहान नर्भिक अस्पतालमा निधन भएको परिवार स्राेतले बताएकाे छ । लामो समयदेखि ओछ्यान परेकी दाहालकाे आज भने हृदयाघातबाट निधन भएकाे थियो ।
स्वर्गीय दाहालकाे निधनप्रति रिपाेर्ट नेपाल डटकम परिवार गहिराे दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।