प्रधानमन्त्री निवास बालुवाटारमा एमाले बैठक शुरू

| 2021 Apr 23 | 12:58 pm 297

काठमाडौं बैशाख १०: नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने तयारी भएको बुझिएको छ ।

वैशाख ६ गते बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल सहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए ।

यसअघि मंगलबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटी बैठकले नेपाल पक्षीय नेताहरुलाई अन्तिम पटक स्पष्टीकरणको अवसर दिएको थियो। हिजो साँझनै माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९ नेताले स्पष्टीकरणको जवाफ पठाइसकेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.