प्रधानमन्त्री निरंकुश बन्न खोजेको पोखराका तरुण नेताहरुको आरोप

रिपोर्ट नेपाल | 2018 Jun 20 | 07:45 pm 3858

कास्की, असार ६ : नेपाल तरुण दल पर्वतका जिल्ला अध्यक्ष राजमल्ल ठकुरीले नेकपाको सरकार जनविरोधि र अधिनायकवाद भएको आरोप लगाएका छन् ।

नेपाल तरुण दल पोखरा लेखनाथ महानगरद्वारा बुधबार आयोजित महंगी विरुद्ध विरोध सभामा ठकुरीले निर्वाचनका समयमा फोस्रा नारा बाँडेर गरीब जनताको भोट लुटेका लुटेराहरुले अहिले जनताको ढाड सेक्ने गरी महंगी बढाएको बताएका छन् ।

कास्की जिल्लाका सचिव पुजन थकालीले दुई तिहाई मत हुँदा पनि अरु मत थप्न खोज्नु केपी ओली हिटलर बन्न खोजेको बताएका थिए ।

पोखरा लेखनाथका महेन्द्र भान्जा गुरुङ्गको सभापतित्वमा सम्पन्न विरोध सभामा क्षेत्र नं २ का अध्यक्ष दिपक गुरुङ्ग क्षेत्र नं ३ का डि आर भट्टराई लेखनाथका पूर्व अध्यक्ष सुरजजंग राणा, तरुण नेता मदन बस्नेत लगाएतका नेताहरुले वर्तमान सरकारको महंगी बढाएर जनतालाई कष्ट दिएको बताएका थिए ।

विरोध सभामा धन्यवाद मन्तव्य राख्दै पोखरा लेखनाथका सह अध्यक्ष सागर गुरुङ्गले निर्वाचनको बेला केपी ओलीका टुक्कालाई विश्वास गरेर मतदान गरेका जनताले बल्ल थाहा पाएको जनाए ।

कम्युनिष्टहरु चिप्ला कुरा गर्न कति खप्पीस छन त्यो भन्दा बढी जनविरोधि काम गर्न पनि सिपालु भएको गुरुङ्गले आरोप लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.