प्रधानमन्त्री देउवालाई मोदीको बधाई

रिपोर्ट नेपाल | 2021 Jul 19 | 07:44 am 2313

काठमाडौं, साउन ४ः प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रतिनिधिसभाबाट आइतबार राति विश्वासको मत पाउनेबित्तिकै भारतका प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् ।

उनले प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि विश्वास व्यक्त गरेका छन् ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिए पनि प्रधानमन्त्री मोदीले बधाई दिएका थिएनन् । विश्वासको मत पाएपछि मात्रै मोदीले बधाई दिएका हुन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.