नुवाकाेट, फागुन ३०: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साेमबार नुवाकोटमा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। देउवाले किस्पाङ गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री देउवासँगै कांग्रेस नेता डा. रामशरण महतलगायका नेताहरुसहित नुवाकोट पुगेका हुन्। उक्त उद्घाटन कार्यक्रममा विभिन्न झाँकि समेत प्रदर्शन गरिएको थियो।