प्रधानमन्त्री दाहाल विश्वासको मत दिने दलहरूसँग छलफल गर्दै

रिपोर्ट नेपाल | 2023 Jan 17 | 08:13 am 1065

काठमाडौं, माघ ३ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिएका दलहरूसँग छलफल गर्दैछन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार छलफल गरेका उनले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न आज (मंगलबार) का लागि बैठक बोलाएका हुन् ।

सभामुख-उपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्न बैठक बोलाइएको प्रचण्डले बताएका छन् । ‘विश्वासको मत दिने सबै पार्टी र नेताहरूको बैठक छ, त्यसबाट थाहा हुन्छ’, सोमबार आलीसँगको भेटपछि प्रचण्डले भनेका थिए ।

प्रचण्ड–ओली बैठकले मन्त्रालयको भागण्डासहित सभामुख र उपसभामुख उमेदवारको पनि टुंगो लगाइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.