प्रधानमन्त्री दाहाल असार ३० सम्म सिंहदरबार नजाने

| 2023 Jul 13 | 02:30 pm 1609

काठमाडौं, असार २८ – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो जीवन संगीनी गुमाएको र शोकमा रहेकोले आगामी ३० गते सम्म सबै सरकारी , राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई स्थगित गरेका छन् ।

जीवन संगीनी सीता दाहालको बुधबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । प्रधानमन्त्री दाहालले बालुवाटारमा श्रद्धाञ्जली दिन आउने र समवेदना प्रकट गर्न आउनेसँग पनि भेटघाट मात्र गर्ने कुरा सचिवालयले जनाएको छ ।

समवेदना प्रकट गर्न आउने शुभेच्छुकसँग असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा भेटाघाट गर्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.