प्रधानमन्त्री दाहालको चीन भ्रमण सेम्टेम्बर तेस्रो वा चौथो साता हुने

| 2023 Aug 06 | 02:59 pm 841

काठमाडौँ, साउन २१। प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी भइरहेकाे रहेकाे  परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले बताएका छन् ।  भ्रमण सेप्टेम्बर तेस्रो वा चौथो हप्तातिर गर्नेगरी तयारी गरिरहेको उनको भनाइ छ ।

उनले छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युपियन युनियनहरुसँगको मित्रवत् सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताए ।

आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको बताए ।

उनले सरकारले बायोमेट्रिक लगायतका कामहरु सरकारको एक कार्यालयमा गरेपछि पुग्ने  व्यवस्थाका लागि छलफल गरिरहेको बताए । उनले सरकारी कार्यालयपिच्छे बायोमेट्रिक गर्नुपर्ने अवस्थाले आर्थिक र समय धेरै लाग्ने भएकोले  यसको अन्त्य गर्नका लागि उक्त व्यवस्थाका लागि आफू लागिपरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.