प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

रिपोर्ट नेपाल | 2018 Jun 11 | 06:32 pm 2803

काठमाडौं, २८ जेठ : प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । नेपाल आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।

सोमबार त्रिवि मैदान कीर्तिपुरमा आर्मीले दिएको २ सय १० रनको लक्ष्य एपीएफले ४१ ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । एपीएफको जितमा अनिल शाह र प्रदीप ऐरीले उत्कृष्ट ब्याटिङ गरे । अनिलले ७२ बलमा ६३ रन, प्रदीपले ९९ बलमा ६३ रन बनाए । ओपनिङ आएका सुवास खकुरेल १८ बलमा १४ रन बनाउँदा रिटायर्ड हर्ट भएका थिए ।

यस्तै पृथु बास्कोटाले २४ बलमा ३२ रन, रोहितकुमार पौडेलले २५ बलमा १५ रन र करण केसीले १० बलमा १५ रन बनाए । आर्मीका सोमपाल कामीले तीन साथै बिक्रम सोबले एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २ सय ९ रन जोडेको थियो । उसका लागि भीम सार्कीले ४८ बलमा ४५ रन, सोमपाल कामीले ३३ बलमा ३६ रन, विनोद भण्डारीले २५ बलमा ३५ रन साथै राजेश पुलामी मगरले ५३ बलमा २७ रन बनाएका थिए ।

आर्मीको ब्याटिङ कमजोर पार्न एपीएफका करण केसीले तीन, बसन्त रेग्मीले र भुवन कार्कीले दुईरदुई साथै पवन सर्राफ र अमर सिंह रौटेलाले एकरएक विकेट लिए ।

जितसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पाएको छ भने आर्मीले उपविजेता हुँदै १० लाख पाएको छ । प्लेयर अफ दि सिरिज बनेका आर्मीका सागर पुनले १ लाख रुपैयाँ पुरस्कार पाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.